१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नयाँ शक्तिको गुल्मीमा प्रशिक्षण, अब सिंगो प्रदेशमा हुने



गुल्मी । 

नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

गुल्मीबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्ला सदरमुकाममा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रमहरु गरिने नयाँ शक्ति पार्टी नेपाल पार्टी गुल्मीका जिल्ला इन्चार्ज पंकज राइले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य कमल खनाल, छन्द पेमी, मनिकर कार्की, यज्ञ पोखरेल, बोम दर्लामीले जिल्ला भरबाट भेला भएका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यकर्ताहरुलाई दिइएको प्रशिक्षणमा विचार दर्शन, समसामहिक राजनीतिक र संघीयता, समाबेशिता जस्ता बिषयहरुम राखेका थिए । कार्यक्रममा नयाँ शक्तिको संगठनिक सिद्धान्त समृद्धि र सुशानको मार्ग चित्रको बारेमा प्रशिक्षण केन्द्रित भएको नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले बताउनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १२ : ५८ बजे