२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कपिलवस्तुमा चाँदी सहित दुई जना पक्राउ



भुपाल थापा, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियाबाट ११ किलो अवैध चाँदी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नं. ४ फर्सा्टिकरका ४५ वर्षीय मुकेशचन्द्र गुप्ता र भारतीय नागरिक ३९ वर्षीय अक्तर मलिक मुसलमान रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट लु १८ प ५३२६ नम्बरको एक थान मोटरसाइकल र ११ किलो ८६० ग्राम बराबरको विभिन्न गहना बनाइएको चाँदी बरामद गरिएको छ ।
तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत टिटिहिरियामा मोटरसाइकलमा सवारी उनीहरुलाई जाँच गर्दा करिब सात लाख ९३ हजार ९०० बराबरको चाँदी फेला पारेको प्रहरी नायब उपरीक्षक रवी रावलले बताउनुभयो ।
उनीहरुको साथबाट नगद एक लाख २० हजार २६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  ५ : २१ बजे