११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

कपिलवस्तुका सांसद भन्छन्, भाषा कला र संस्कृती विकासको मेरुदण्ड



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका सांसदहरुले भाषा कला र संस्कृती पनि विकासको मेरुदण्ड रहेको बताउनुभएको छ । यिनीहरुको विकास विना भौतीक विकासले मात्र केही नहुने सांसदहरुले बताउनुभएको छ ।
कपिलधाममा भएको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य अतहर कमालले भाषा कला, साहित्य र संस्कृतीको विकास विना देश समृद्ध हुन नसक्ने भन्दै सकरारले यसमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
कपिलवस्तु सबै जातजाती, भाषाभाषी धर्म संस्कृती मान्नेहरुको साझा थलो भएको भन्दै सांसद कमालले यसको विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले विश्व कला संस्कृती बेचेर धनि भएको भन्दै नेपालमा पनि यसको शुरुवात गर्नुपर्ने बताउनुभयो । संस्कृतीमा नेपाल धनि भएको भन्दै विश्वमा यसको व्यापार गर्न सके देश समृद्धि तर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : ११ बजे