२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेत्र ज्योति संघ कपिलवस्तुमा शर्माले बाजी मारे



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखाको अध्यक्षमा रमेश शर्मा विजयी हुनुभएको छ । मध्यरातमा सकिएको मतगणनामा उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । शर्माले ५६ मत ल्याउनुभएको छ । यस्तै संघको अध्यक्षको लागि उम्मेदवार बन्नुभएका राजेश ज्ञवाली, गुनाखर गैरे, रामदयाल ठाकुर, चतुर्भुज पाण्डे पराजित हुनुभएको छ ।
यस्तै संघको दुई जना महिला सदस्यको लागि चार जना बीच चुनावी प्रतिपर्धा भएको थियो । जसमा रिता मिश्र शर्मा र माधुरी श्रेष्ठले जित हासिल गर्नुभएको छ । सुनिता मिश्रा र कमला श्रेष्ठ पराजित हुनुभएको छ ।
यस्तै कार्य समितिको खुला तर्फको १० जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा मनोज कुमार श्रीवास्तव, गोपाल भण्डारी, प्रेम मोहन सिंह, कृष्णकेश श्रेष्ठ, बलराम घिमिरे, ज्ञानेन्द्रमणि त्रिपाठी, राज कुमार मिश्रा, धिरेन्द्र बर्मा, जर्नादन पराजुली, राजेश उपाध्याय निर्वाचित हुनुभएको छ ।
संघको ५ औ अधिबेशनका लागि चुनाव भएको हो । शनिबार विहान १० बजे देखि साझ ५ बजे सम्म चुनाव भएको बताइएको छ । चुनावमा १ सय ९२ जनाको मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : ५९ बजे