६ असार २०८३, शनिबार | Sat Jun 20 2026

लेखा समिति सभापति शाहले दिए यस्तो चेतावनी



बुटवल ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारलाई मनपरी गर्न नदिने बताउनुभएको छ ।
बुटवलमा आज पत्रकार सँगको साक्षात्कारमा उहाले सरकार गलत बाटोमा हिँडे नियन्त्रण गर्ने बताउनुभएको हो । सरकारका गतिविधि निगरानी गरिरहेको भन्दै ठूला आयोजनामा भ्रष्टाचार हुने सम्भावना रहेको र हल्लाहरु आइरहेको प्रति आफूहरु सचेत रहेको प्रष्ट पार्नुभयो ।
संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उहाको भनाइ छ । सरकारले खरिद गरेको वाइडबडी विमानको मुल्य नै बढी छ, सार्वजनिक खरिद ऐनको विरुद्धमा रहेको भन्दै उनले प्रतिवेदनमाथि छलफल गरिरहेको जानकारी दिनुभयो ।
लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उहाले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले त्यही मूल्य भन्दा बढी लिन नपाइने सभापति शाहले बताउनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५ सोमबार ००:००  ४ : ३९ बजे