१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उर्जामन्त्री पुन भन्छन्, नौमुरे जलविद्युत आयोजना सरकारको प्राथमिकतामा



प्युठान ।
नेपाल सरकारका उर्जा, जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनले नौमुरे जलविद्युत आयोजना केन्द्र सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । लामो समय देखि चर्चामा रहेको नौमुरेलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री पुनले बताउनुभयो । आज प्युठान नगरपालिकाले राखेको एक कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
मन्त्री पुनले प्युठानलाई ५ वर्ष भित्रमा उज्यालो प्युठान गराउने पनि प्रतिवद्धता गर्नुभएको छ । प्युठानका विभिन्न क्षेत्रमा अझैपनि विद्युत नपुगेकोले आफ्नो कार्यकाल भित्रमा विद्युत विस्तार गर्ने उहाले बताउनुभयो ।
प्युठानबाट विद्युत नपुगेको ठाउँमा विद्युत पु¥याउन र उज्यालो प्युठान बनाउनको लागि स्वर्गद्धारी नगरपालिका, प्युठान नगरपालिका, नौवहिनी गाउँपालिका, गौमुखी गाउँपालिकाका केहि क्षेत्रमा विद्युत अझै विस्तार नभएकोले यसलाई उर्जा शाखाले महत्वपूर्ण स्थानमा राखेर हेरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केन्द्र सरकारकै प्राथमिकता उर्जा क्षेत्रमा छ । ’
शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पुनले केन्द्र सरकारले एकिकृत उर्जा तथा सिंचाई कार्यक्रम अन्र्तगत विद्युत महशुल तिर्न नसक्ने लाई सोलार पावर निशुल्क रुपमा दिएको बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १ : ३८ बजे