१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई संगठनले गरे मिलेर सरसफाई



मायादेवी अनलाइन, कपिलवस्तु ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले बुधबार वाणगंगा बहुमुखी क्याम्पसको सरसफाई गरेका छन । क्याम्पस कमिटीको अयोजनामा दुवै संगठनले क्याम्पस प्राङ्गण सरसफाई गरेका हुन् ।
अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी नेता तथा विद्यार्थीले सरसफाई गरेका थिए ।
कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सागर घिमिरे, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसील खत्री, विद्यार्थी नेता दयाराम पौडेल, सुदन पाण्डे, मदन पौडेल, इन्दिरा पौडेल, अन्जित खनाल लगायतको उपस्थिती रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : २५ बजे