२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तौलिहवामा माहुरी होमकोे ११ औं साधारणसभा



कपिलवस्तु ।
मधेश मानव अधिकार गृह माहुरि होमकोे ११ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय तौलिहवामा भएको साधारणसभा संस्थाका अध्यक्ष रबिन्द्रनाथ ठाकुरको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोग बुटवल प्रमुख तथा ५ नं प्रदेश प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कोषाध्यक्ष ओमप्रकाश पाण्डेयले आ.व. ०७४ र ०७५ को ५४ लाख ८८ हजार ७ सय १९ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका महासचिव माया ज्ञवालीले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
उक्त दुबै प्रतिवेदन खुला सत्रमै सार्वजनिक गरिएका थिए । राष्ट्रिय मानव अधिकार आयोग बुटवल प्रमुख तथा ५ नं प्रदेश प्रमुख भट्टले संविधानले धेरै कुराको सुनिश्चितता गरेको र मौलिक हकमा महत्वपुर्ण विषयहरु समावेश गरिएता पनि प्रयोग गर्न नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रबिन्द्रनाथ ठाकुरले संस्था विभिन्न चुनौतीसंग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । संस्थामा परियोजना भए पनि नभएपनि आफु निरन्तर रुपमा मानवअधिकार अनुगमन गरेको बताउनुभयो ।
गैसस महासंघका अध्यक्ष प्रविण श्रीवास्तव, सल्लाहकार राम दयाल ठाकुर, पशुपतिमणि त्रिपाठी, मौलाना मसुद लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा उपाध्यक्ष वृजराज कुशवाहाको स्वागत मन्तब्यमा भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १२ : ४१ बजे