१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

मुहान कपको सेमिफाइनलमा आज मुहान एफसी र कर्मनाको भीडन्त, भलवाड कपमा २ खेल



मायादेवी अनलाइन ।
वाणगंगा ३ राजापानीमा जारी मुहानकप जिल्लास्तरीय फुटवलमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन् ।
आजको पहिलो सेमिफाइनलमा आयोजक मुहान एफसी र कर्मना युवा क्लव दिउसो साढे ३ बजे भीँड्ने छन् । मुहान एफसीले क्वाटर फाइनलमा नवप्रभात युवा क्लव ठाकुरापुरलाई ३–० गोल अन्तरले पराजित गरेर सेमफाइनल स्थान तय गरेको हो भने कर्मना युवाक्लवले सिउटी युवा क्लवलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको थियो ।

दुवै टिमको लक्ष्य भनेको आजको खेलमा जित हासिल गरी फाइनलसम्म पुग्नु रहेको छ । अर्को सेमिफाइनल खेलमा भोली विहिबार सनराईज युवा क्लव मोतिपुर र बाणगंगा स्पेर्टस एण्ड वेलफेयर सोसाइटी भीँड्ने छन् ।

भलवाड कपमा आज पनि २ खेल

उता भलवाड कपमा आज पनि २ खेल हुँदै छन् । जिनवा खेल मैदानमा दिउसो साढे १ बजे हुने पहिलो खेलमा न्यू युग्मा र पडेरिया भीँड्ने छन् भने दोश्रो खेलमा दिउसो साढे ३ बजे वाणगंगा स्पोट्स एण्ड वेलफेयर सोसाइटी ४ नम्बरले आयोजक जिनवा बीसंग प्रतिस्पर्धा गर्ने आयोजकका तर्फबाट आकाश कुवँरले जानकारी दिनु भयो । यसअघि हिजोको खेलमा मुहान एफसी र जिनवा लिंकन ए विजयी भई अघिल्ले चरण प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १ : ५३ बजे