२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

जीतपुरमा बंगलामुखी दुर्गामाताको मूर्ति स्थापना


२४ आश्विन २०७५ बुधबार ००:००  

0
Shares

मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिका १ जीतपुरमा वंगलामुखी दुर्गा माताको मूर्ति स्थापना तथा मन्दिर उद्घाटन गरिएको छ । जीतपुर टोल विकास संस्थाद्धारा निर्माण गरिएको दुर्गा मन्दिरको आज घटस्थापनाको दिन विधिवत उद्घाटन गरिएको हो ।

जीतपुर टोल विकास संस्था, स्थानीयबासी तथा भक्तजनहरुको सहभागीतामा बाजागाजा सहित निकालिएको शोभा कशल यात्रा पिपरा प्रकेटश्वर मन्दिरबाट शुरु भई बंगलामुखी मन्दिर प्राङ्गणमा आएर विधिवत मूर्ति स्थापना गरिएको थियो ।

बंगलामुखी दुर्गा माता मूर्तिको पुजा आरधना गरी विधिवत रुपमा स्थापना गरिएको जीतपुर टोल विकास संस्थाका अध्यक्ष मदन ढुंगानाले बताए । मुर्ति स्थापना कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी, वडा अध्यक्ष बाल कुमारी पन्त, समाजसेवी शंकर पाण्डे, डोलकराम घिमिरे, वाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण, मन्दिर निर्माण समितिका अध्यक्ष प्रेम बहादुर विक लगाएतको उपस्थिती रहेको थियो ।

सो अवसरमा मन्दिर निर्माणको क्रममा जिन्सी तथा नगद सहयोग प्रदान गर्नुहुने व्यक्तित्वलाई कदर पत्रले सम्मान गरिएको थियो । आजदेखि नवरात्र शुरु भएकाले दैनिक विहान साँझ नवदुर्गाको पूजा आरधाना गरिने अध्यक्ष ढुंगानाले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  १० : १५ बजे