५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुटवलमा सस्तो दशैं बजार शुरु



बुटवल ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सस्तो दशैं बजार सुरु भएको छ । बुटवलको हाटबजार लाइनस्थित बालमन्दिर प्रांगणमा सुरु भएको दशैं बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्यवस्तु, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ताचप्पल, माछा लगायतका ४० स्टल रहेका छन् ।
संघको आयोजनामा भएको यो १८ औं सस्तो दशैं बजार हो । पांच दिनसम्म चल्ने दशैं बजारमा दुग्ध विकास संस्थान, साल्ट टेडिंगका उत्पादन पनि राखिएको छ ।
चाडपर्वका बेला बढी खपत हुने र मनपरी मूल्य हुने चिनिको समस्यालाई मध्यनजर गरेर संघले बजारमूल्य भन्दा सस्तो दरमा गुणस्तरीय नेपाली चिनी उपभोक्तालाई उपलब्ध गराएको संघको भनाई छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ०४ बजे