२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह



कपिलवस्तु ।
कपिलवस्तुका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।

बुधबार देखि शुरु भएको नवदुर्गामा उनीहरूले कपिलवस्तुका विभिन्न ठाउँमा बाजागाजा सहित नवदुर्गा लगायतका भगवान्को प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको छ ।

जिल्लाको शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका र वाणगंगा नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका लगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तीकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको शिवराज नगरपालिका शिवपुरका भभूते थारुले जानकारी दिनुभयो ।

उहाँले थारू तथा मधेशी समुदायले दशैँको टीका ग्रहण नगरे पनि हिन्दू परम्परा अनुसार पूजाआजा गरेर मन्दिरमा नै भगवान्को टीका ग्रहण गरिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : २७ बजे