२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुका क्षेत्री जाती एक जुट भएर क्षेत्री दिवस मनाए



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुका भित्र रहेका क्षेत्री जातीहरुले आफ्नो क्षेत्री दिवस भब्य कार्यक्रमको आयोजना गरि मनाएका छन । जिल्लाको वाणगंगा नगरपालिका बुंचीमा जिल्लाभरका क्षेत्रीहरुको उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै क्षेत्री समाजका केन्द्रिय उपाध्यक्ष लक्ष्मण थापाले अब सम्पूर्ण क्षेत्रीहरु गोलबन्द हुनुपर्ने बताउनुभयो । पश्चिमाञ्चल ईन्चार्ज समेत रहनु भएका थापाले क्षेत्रीहरुलाई राज्यले पछि पारेको बताउदै क्षेत्री एकता आजको आवश्यक्ता भएको जिकिर गर्नुभयो ।
यस्तै कार्यक्रममा प्रदेश सांसद अर्जुन केसीले क्षेत्री जातीहरु एकबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेपाल बहुभाषा, बहुजाती र बहुधार्मिकहरुको थलो भएकोले आपसी समझदारी, भाईचारा अभिबृद्धीमा लाग्नुपर्नेमा उहाले जोड दिनुभयो ।
उक्त अवसरमा क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिती कपिलवस्तुका पूर्व अध्यक्ष दुर्गा केसी, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, दर्शन समाज नेपालका केन्द्रिय उपाध्यक्ष दुर्गा बहादुर सेन, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जंजीरप्रसाद थारु, नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य विष्णु थापा, जिल्ला अध्यक्ष लक्ष्मी सारु, ब्राह्मण समाज कपिलवस्तुका उपाध्यक्ष यमलाल भट्राई, वडा अध्यक्ष बालकुरमारी अधिकारी, दलित नेता रणबहादुर सुनार, पत्रकार माधव भाट क्षेत्री लगायतले बोल्दै क्षेत्री समाजले अंगिकार गरेका जातिय मुद्दालाई अगाडी बढाउन मद्दत गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वर्गिय शेर बहादुर क्षेत्री, रुद्र बहादुर कुवँर, र पुष्पा रायमाझीको स्मरणमा उहाहरुको तस्बीरमा माल्यापर्ण गरिएको थियो ।
यसैबीच स्वर्गिय रुद्रबहादुर कुवँरको सम्झनामा उहाको परिवारले क्षेत्री समाजका लागि २५ हजारको अक्षयकोष स्थापना गरेका छन । कार्यक्रममा जिल्लाका हजारौ क्षत्री जातीहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिती उपाध्यक्ष विष्णुराज टण्डनको स्वागत मन्तब्य र सचिव ज्ञानु कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ३० बजे