२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

प्रगतिशिल युवा क्लबद्धारा खुला भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ स्थित प्रगतिशिल युवा क्लब ठाडाखोलाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि खुला भलिबल एवम् साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
युवाहरुलाई खेल प्रति उत्साहित गर्दै सामाजिक विकासमा अग्रसर गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको क्लबले जानकारी गराएको छ ।
पर्वका वेलामा जाँडरक्सी, जुवातास, लागुपदार्थमा व्यस्त हुने युवाहरुलाई खेलप्रति उत्साहित गर्न खोजिएको क्लबले बताएको छ । विगतका वर्षहरु जस्तो यस वर्ष पनि असोेज २७ गते देखि २९ गते सम्म कार्यक्रम आयोजना हुने सचिव क्लवका सचिव पूर्ण बहादुर केसीले वताए । कार्यक्रमलाई सभ्य र भव्यका साथ सफल बनाउन सवैले सहयोग गर्न अपिल गरिएको छ ।
खुला भलिबल खेल तर्फ पुरस्कारमा प्रथमलाई १५ हजार, द्वितियलाई १० हजार र तृतियलाई ७ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सिंह घर्तीले बताउनु भयो ।
त्यस्तै लोकदोहोरी, नृत्य, घैंटा फोड, रसी तान, गाउँखाने कथा, सटफुट लगाएतका खेलहरु पनि समावेश गराईएको क्लबका सचिव पूर्ण बहादुर केसीले बताउनुभयो ।
सबै विधामा उत्कृष्ट हुने सम्पुर्णलाई समापन समारोहका बिच प्रमुख अतिथीद्वारा नगद तथा प्रमाणपत्रले सम्मान गरिने बताईएको छ । खेल असोज २७ गते देखि भोली २९ गते सम्म वाड नं ९ को भलिबल खेल मैदान ठाडाखोलामा चल्ने खेलको उद्घाटन वाड नं.९ का वडा अध्यक्ष भिम बहादुर केसीले गर्नुहुने बताईएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : ४९ बजे