२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

कपिलबस्तुमा यसरी मनाइयो प्रहरी दिवस (फोटो फिचर)



भुपाल थापा, कपिलबस्तु । 

नेपाल प्रहरी कपिलबस्तुले बिहीबार ६३ औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय तौलिहवामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला अदालत कपिलवस्तुका जिल्ला न्यायधिश लोकजंग शाहले समाजमा अमनचयन कायम राख्न प्रहरीको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रजिअ अर्जुन प्रसाद पोख्रल, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरिक्षक मनोज कुमार यादव, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद बर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला स्थित जनप्रतिनिधी, कार्यालयका प्रमुख, पुर्वप्रहरी, लगायतको उपस्थिती रहेको थियो ।

त्यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीहरु, खेलकुद प्रतियोगितामा सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । प्रहरी निरिक्षक ओमप्रकाश चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्तमको संचालन प्रहरी निरिक्षक गोबिन्द रावतले गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  २ : २७ बजे