३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मुहान कपको उपाधि कस्ले उचाल्दा ? उपाधिको लागि वाणगंगा स्पोट्र्स र मुहान एफसी भीड्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा ३ राजापानीमा जारी मुहान जिल्ला स्तरीय नक आउट फुटवलको फाइनलमा वाणगंगा स्पोट्र्स एण्ड वेलफेयर सोसाइटी र आयोजक मुहान एफसी भीड्ने भएका छन् ।
विहीबार भएको दोश्रो सेमिफाइनलमा बाणगंगाले सनराइज मोतिपुरलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेपछि वाणगंगा र मुहान उपाधिको लागि भीड्ने भएका हुन् । खेलको पहिलो हाफमा सनराइजले अग्रता लिए पनि पछि त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको २२ औँ मिनेटमा सनराइजका राज मल्लले गोल गरी टिमलाई अग्रता दिलाए पनि त्यो धेरै बेर टिक्न सकेन । त्यसको ८ मिनेट पछि बाणगंगाका पवन मल्लले उत्कृष्ट गोल गरी खेललाई बराबरीमा ल्याए । त्यसपछि फेरि वाणगंगाको लागि सन्दिप चौधरीले ३५ मिनेटमा गोल गरेपछि पहिलो हाफमा वाणगंगाले ३–१ को अग्रता कायम गरेको थियो ।
पहिलो हाफमा २ गोलले पछि परेको अवस्थामा दोश्रो हाफ सुरु हुनासाथ सनराइज केही लयमा फर्कन खोजे पनि अन्तिम समयसम्म थप ३ गोल खान बाध्य भयो । दोश्रो हाफको १४ मिनेटमा रोशन सेनले व्याक्तिगत दोश्रो तथा टिमको लागि चौथो गोल गरे भने १९ औँ मिनेटमा सन्दिप चौधरीले थप एक गोल गरेपछि खेल ५–० ले वाणगंगााको पक्षमा रह्यो । त्यसपछि पनि बाणगंगाको गोल गर्ने क्रम रोकिएन । दोस्रो हाफको २६ औँ मिनेटमा रोशन सेनले गोल गरी ह्याटिक पुरा गरे । जारी प्रतियोगितामा उनको यो पहिलो ह्याट्रिक हो ।
त्यसपछि लगत्तै सनराइजको लागि राज मल्ले थप एक गोल गरे पनि त्यो जितको लागि पर्याप्त भएन । खेलको अन्त्यतिर सनराइज लयमा फर्कदै केही सुन्दर अवसर पाएको थियो । तर सदुपयोग गर्न नसकेपछि ६–२ को नमिठो हार खाँदै घर फर्कन बाध्य भयो । विहीबारको खेलमा ह्याट्रिक गरेका रोशन सेन मयन अफ दि म्याच घोषित भए । अब फाइनल भीडन्त असोज २७ गते शनिबार राजापानी खेल मैदानमा दिउँसो ३ बजे हुने छ । फाइनलमा बाणगंगााले मुहानको सामना गर्ने छ । दुवै टिम उत्तिकै शशक्त भएकाले उपाधि भीडन्त रोचक हुने अनुमान गरिएको छ ।
भलवाड कपमा आज सेमिफाइनल खेल
वाणगंगाा ९ भलवाडमा जारी भलवाड कपको सेमिफाइनल आजदेखि सुरु हुने छ । पहिलो सेमिफाइनलमा जिनुवा ए र न्यू युग्मा तथा वाणगंगाा र मुहान एफसीले प्रतिस्पर्धा गर्ने छन् भने २७ गते वाणगंगा र मुहान एफसी भीड्ने छन् । फाइनल खेल भने २८ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७५ शुक्रबार ००:००  १ : ०९ बजे