२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

वडादशैको अवसरमा नेपाल भारत सिमा क्षेत्र चाकरचौडामा बृहत सरसफाई



थानेश्वर अधिकारी, कपिलवस्तु ।
मायादेवी गाउँपालिका पकडी कपिलवस्तुको आयोजनामा शनिबार बिजयादशमी २०७५ सालको अवसरमा नेपाल भारत सिमा क्षेत्र चाकरचौडामा बृहत सरसफाई अभियान संचालन गरिएको छ । सो अभियानको प्रदेश नं ५ का साँसद सहषराम यादव र मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल सुधार समिति, बजार समिति र आम व्यवसायीहरुको सहभागितामा नेपाल भारत सिमा गेट देखी बसपार्क सम्म सरसफाइ गरिएको थियो । सिमा क्षेत्रका कारण दोहोरो आवत जावतले गर्दा निकै व्यस्त रहने सो बजारमा घर तथा पसलबाट निस्कने फोहोर तथा प्लाष्टिक जन्य बस्तु जथाबाही फाल्नाले प्रदुषण फैलने गरेको छ ।
त्यसकारण सो फोहोर सही किसिमबाट व्यवस्थापन गर्नका लागि यो अभियान संचालन गरिएको हो । सो अवसरमा चाकरचौडा बजारमा फोहोर व्यवस्थापनका लागी ३० वटा बाल्टिन बितरण गरिएको थियो ।
सो कार्यक्रममा प्रदेश नं ५ का साँसद सहषराम यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी,वडा अध्यक्ष फतेह मोहम्मद मुसलमान, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय चाकरचौडाका प्रमुख चन्द्र बहादुर शाही, नेपाली कांग्रेस जिल्ला सदस्य परमेश्वर पाठक, खानेपानी सरसफाई संयाजक थानेश्वर अधिकारी, टोल सुधार समितिका अध्यक्ष अस्फाक अहमद मुसलमान कपिलबस्तु संस्थागत विकास समितिका प्रतिनिधि शान्ता पौडेल लगायतको सहभागिता रहेको थियो ।
मायादेवी गाउँपालिका अन्र्तगत रहेको खानेपानी सरसफाई तथा स्वच्छता शाखाको अगुवाइ र मायादेवी गाउँपालिका वार्ड नं ४ पिपरा वडा कार्यालय, टोल सुधार समिति, कपिलवस्तु संस्थागत विका समिति कपिलवस्तुको समन्वयमा सम्पन्न सो कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको वास सहजकर्ता श्याम कुमार बिश्वकर्माले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  १ : ४४ बजे