२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पकडीमा सरसफाई अभियान तिब्र बन्दै



संगिता भुसाल, कपिलवस्तु ।
मायादेवी गाउँपालिका पकडी कपिलवस्तुलाई यही मंसिर मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य अनुरुपमा मायादेवी गाउँपालिका वडा नं. १ पकडीका सबै गाउँ टोलहरुमा सरसफाई अभियानमा तिब्रता ल्याइएको छ । सो अन्र्तगत आज बरही र इमिलियामा घरदैलो तथा अनुगमन गरिएको छ ।
करिब १२०० घरधुरी रहेको सो वडाका ८० प्रतिशत घरधुरीमा शौचालय निर्माण भैसकेका छन् र बाँकी रहेका घरधुरीमा पनि यथासिध्र शौचालय निर्माण गरी तोकिएकै समयमा सो वडा सहित सम्पुर्ण गाउँपालिकालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको छ ।
वडा अध्यक्ष हरिगोविन्द चौधरीको अगुवाइ रहेको सो अभियानमा प्रदेश नं ५ का साँसद सहषराम यादव र मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, खानेपानी तथा सरसफाई संयोजक थानेश्वर अधिकारी, वडा सचिव शिवगुलाम कलवार, वडास्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य लगायत आम बुद्धिजिवी समाजसेवीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा सेमरामा खुलादिसा रोकथाम गर्नका लागी नजुरउद्दिन मुसलमानको संयोजकत्वमा १५ सदस्सिय सरसफाइ दस्ता गठन गरिएको छ । ४ दिन सम्म संचालन गरिने सो अभियान भोली पिचुर्खी, पकडी र बर्रोहिया गरिने वडा सदस्य सहाबुद्दिन मुसलमानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  १ : ४७ बजे