२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा खत्री सर्वसम्मत चयन



मायादेवी अनलाइन, जयनगर ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा गोपाल बहादुर खत्री सर्वसम्मत चयन हुनुभएको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगेमा भएको संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्रीले तौलिहवामा रहेर होटल व्यवासाय चलाउदै आउनुभएको छ ।


संघको वरिष्ठ उपाध्यक्षमा लेखनाथ घर्ती, प्रथम उपाध्यक्षमा सन बहादुर सारु, दृतीय उपाध्यक्षमा रेशम ढकाल, पर्यटन उपाध्यक्षमा गोपिकृष्ण भट्टराई, महासचिवमा रविन्द्र पौडेल, सचिवमा शिवराज सुवेदी, कोषाध्यक्षमा पदम ढकाल र रोमलाल पौडेल चयन हुनुभएको छ । अधिवेशनले २१ सदस्यिय सदस्य पदको लागि सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले होटल व्यवासायिको पर्यटन प्रवर्धनमा ठूलो भूमिका रहेको बताउनुभयो । उहाले होटल व्यवसायीलाई सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको छ । होटलबाट गुणस्तरीय खाना पाउनु उपभोक्ताको अधिकार भएकोले यसलाई व्यवासायिहरु सचेत हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
अधिनेशनमा बोल्दै निवर्तमान अध्यक्ष ढुण्डीराज अधिकारीले दोस्रो कार्यकाल सम्मको नेतृत्व आफुले गर्ने अवसर व्यवसायीले दिएकोमा सबैलाई धन्यवाद दिनुभयो । आगामी दिनको नेतृत्व लिने समिति संगै रहेको आफुले काम गर्ने उहाले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  १ : ५६ बजे