२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

दशै भित्त्रिए संगै कपिलवस्तुका गाउँघरमा चहलपहल बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।

हिन्दुहरुको महान पर्व वडादशै भित्त्रिए संगै कपिलवस्तुका विभिन्न गाउँबस्तिमा चहलपहल बढ्दै जान थालेको छ । घटस्थापना लागे संगै विभिन्न शिलशिलामा देश तथा बिदेशमा रहेका स्थानीयहरु घर फर्कने क्रम बढे संगै चहलपहल बढ्दै गएको हो ।

अहिले गाउँघरमा शक्तिपिठ तथा मन्दीरहरुमा विहान साँझ निकै रमाइलो हुने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पहाडीया समुदायको बसोबास बाक्लो छ । तराईबासीले ठाउ ठाउँमा नवदुर्गाका मूर्ती स्थापना गरेर पूजा गरिरहदा पहाडीया समुदायले भने नजिकका मठमन्दीरमा नवदुर्गाको पूजाआजा गरिरहेका छन । यसले छुट्टै रौनकता थपेको छ ।

दशै आए संगै स्थानीय हाटबजारमा सर्वसाधारणको घुइचो बढ्न थालेको छ । साप्ताहिक रुपमा लाग्दै आएका जिल्लाका चर्चित बजार गजेहडा, पिपरा, बैरिया, बुङ्ची, ओदारी, इमिलिया, गोरुसिंगे, चन्द्रौटा लगायका स्थानमा सर्वसाधारणको घुइचो बढेको हो । दैनिक उपभोग्य बस्तु खरिद गर्न सर्वसाधारण हाटबजार धाउने गरेका छन ।

यता हाट बजार व्यवसायीले पनि दशै आएसंगै व्यापार व्यवसाय राम्रो भएको बताएका छन । यस्तै दशैका बेलामा प्रयोग गरिने विभिन्न रङरोगनका समानहरुको पनि माग बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ४ : ३९ बजे