२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

जीपको ठक्कर बाट कपिलवस्तुमा एक जनाको मृत्यु



मायादेवी अनलाईन ।
कपिलवस्तुमा जीपको ठक्कर बाट आज एक जनाको मृत्यु भएको छ । विहान नेपाल बिद्धुत प्राधिकरणको जीपले ठक्करबाट दिदा एक शिवराज नगरपालिका ५, बाख्रा बजार बस्ने ५५ का गणेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बा १ अ १८६१ नम्बरको नेपाल बिद्धुत प्राधिकरणको गाडीले बहादुरगन्ज आँखा अस्पताल अगाडि भट्राईलाई ठक्कर दिएको थियो । उहालाई उपचारकालागी शिवराज अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए । मृतक भट्राई बहादुरगंज अस्पतालमै काम गर्नुहुन्थ्यो । उहा आज अस्पतालमा आउने क्रममा गाडीले ठक्कर दिएको हो । मृतक भट्टराईको शव पोष्ट्मार्टमका लागि शव शिवराज अस्पताल बहादुरगन्जमा राखिएको छ भने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ८ : ३५ बजे