२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सरसफाई अभियानको अगुवाई गर्दै पुर्व मन्त्री चौधरी



थानेश्वर अधिकारी, पकडी ।
मायादेवी गाउँपालिकाको स्वाभिमान, पुर्ण सरसफाई अभियान भन्ने मुल नाराका साथ मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुलाई यही मंसिर मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य अनुरुप मायादेवी गाउँपालिका वार्ड १ पकडीका सबै गाउँ टोलहरुमा सरसफाई अनुगमनमा तिब्रता ल्याइएको छ ।
यसै सन्दर्भमा पकडीमा गरिएको घरदैलो तथा शौचालय अनुगमन कार्यको पुर्व महिला बालबालिका तथा समाजकल्याण मन्त्री दान बहादुर चौधरीले अगुवाई गर्नुभएको छ । उहाँले शौचालय निर्माण नगर्ने तथा अटेरी गर्ने घर परिवारलाई शौचालयको महत्व र आवश्यक्ताबारे जानकारी गराउँदै यथासिध्र शौचालय निर्माण गरी प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
साथै निर्माण गरिएका शौचालय पुर्ण रुपमा प्रयोग गरी घर आँगन बाटो घाटो सरसफाइ गरी आफ्नो गाउँलाई सरसफाइ युक्त नमुना गाउँ बनाउन यो अभियानलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुभएको छ ।
वडा अध्यक्ष हरिगोविन्द चौधरीको अगुवाइ रहेको सो कार्यक्रममा खानेपानी तथा सरसफाई संयोजक थानेश्वर अधिकारी,वडा सचिव शिवगुलाम कलवार, स्थानीय राजनैतिक दलका प्रतिनिधि, वडा समिति, वडास्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य लगायत आम बुद्धिजिवी समाजसेवीहरुको सहभागिता रहेको थियो ।
चार दिन सम्म संचालन गरिने सो अभियान सोमबार सेमरा, सेमरौटी र बर्रोहिया गरिने वडा सदस्य सहाबुद्दिन मुसलमानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ४ : २८ बजे