२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

संघद्धारा शोक सभा सम्पन्न


२९ आश्विन २०७५ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन ।
कपिलवस्तु उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेलका पिता स्वर्गीय खिमानन्द पौडेलको ७ औं दिनको पुण्य तिथीमा शोक सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष सहितका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायी घरमा पुगेर स्वर्गीय खिमानन्द पौडेलको सम्झनामा एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । शोक सभामा संघका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उद्योग उपाध्यक्ष छविरेश्मी मगर, एशोसियट उपाध्यक्ष टोप नारायण भण्डारी, सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्यौपाने, लेखा समितिका संयोजक गुणनीधि भुसाल, सदस्य घनश्याम घिमिरे, बसन्त खनाल, कार्यसमिति सदस्य डोलकराम घिमिरे, विनोद पन्त, सल्लाहकार टोपनारायण बेल्वासे,शक्ति सिंह ठकुरी, दुनिका भुसाल, प्रेस सल्लाहकार हरि अधिकारी लगाएतको उपस्थिती रहेको थियो । वाणगंगा ८ लौगाई निवासी हुमनाथ पौडेलका पिता खिमानन्द पौडेलको ९० वर्षको उमेरमा गत असोज २३ गते निधन भएको थियो । स्वर्गीय पौडेलका ३ छोराबुहारी र एक श्रीमती छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ३ : ०४ बजे