१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फोरम कपिलवस्तुले राख्यो शुभकामना आदान प्रदान



अजय मिश्र, कपिलबस्तु

नेपालीहरुको महान चाड बडादशैको अवसरमा कपिलबस्तुका विभिन्न स्थानमा शुभकामना आदानप्रदान कार्यक्रमले तीव्रता पाउदै आएको छ । यसै क्रममा संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले दशै तिहारको अवसर पारेर शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।

कपिलबस्तु नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न नेता र सरकारी कार्यालयका प्र्रमुखहरु बीच शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य सहसराम यादवले दशै तिहारको शुभकामना व्यक्त गर्दै चाडपर्वले एक आपसमा आपसी समझदारी र भाइचारा अभिवृद्धीमा सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जिल्ला प्रशासन कार्यलयले चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो । चाडपर्वलाई मर्यादित बनाउनुपर्ने भन्दै उहाले चाडपर्वको बेला हुन सक्ने सम्भावित घटना प्रति प्रशासन सचेत रहेको बताउनुभयो ।

प्रहरी उपरिक्षक मनोज कुमार यादवले दशैमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने र शान्ति व्यवस्था कायम गर्ने अश्वासन दिनु भयो ।

संघिय समाजवादी फोरमकपिलबस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, फोरमका जिल्ला सचिव बजरंगी चौधरी, प्रदेश प्रवक्ता अकरम पठान, राहुल मौदनवाल, शैलेश प्रताप शाह लगायतको अतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ११ : ३४ बजे