५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कहिले होला देश आत्मनिर्भर ? भारतबाट करोडौंका खसीबोका नेपाल भित्त्रिए



विकास बञ्जाडे, कपिलवस्तु ।
मासुजन्य पदार्थमा आत्मनिर्भर हुन नसक्दा यसपालीको दशैमा पनि भारतिय खसीबोका भित्रिएका छन् । कपिलवस्तुवाट मात्र दैनिक ५ देखी ७ ट्क्र खसीबोका काठमाडौ भित्रिएका छन् । नेपाली वजारमा भन्दा भारतिय बजारमा खसीवोकाको मासु सस्तो भएपछि भारतिय भुमिका खसीवोका पशु क्वारेन्ट टाइन कृण्णनगरको स्वीकृतिमा आउने हरेक वर्ष दशैं लगायतका चाडपर्वमा १ करोड बढिका भित्रने गर्दछन् ।
खसीबोकाको मुल्य काठमाडौमा बढेकाले समेत विगत वर्षभन्दा बढि भित्राउन लागेको भारतको बहराइजका व्यापारी नियाज मुसलमानले जानकारी दिनुभयो । अगीपछि सातामा दुईदिन बल्लतल्ल २ ट्«क खसीबोका कपिलवस्तुबाट काठमाडौ भित्रने गरेपनि दशै लगायतका चाडपर्व संगै माग तेव्वर हुंदा दैनिक ५ देखी ७ ट्क जाने गरेको कामदार इस्लाम धोवी बताउँछन् ।
कपिलवस्तुको कृष्णनगर भएर भारतबाट आउने खसीबोका पशुक्वारेन्ट टाइमबाट स्वीकृति लिइ भन्सार बुझाएर मात्र काठमाडौं लगीन्छ । जिल्लाको चन्द्रौटा तथा वरकलपुरमा चाडवाड संगै खसीबोकाको ओसारपसार निकै बढेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  २ : ०२ बजे