१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज देखि सम्पूर्ण सरकारी कार्यालय बन्द



मायादेवी अनलाइन, तौलिहवा ।

नेपालीहरुको महानचाड विजयादशमी नजिकिदै जाँदा आजदेखि सरकारले ५ दिनका लागि सरकारी कार्यालयलाई विदा दिएको छ । नेपालीहरुको सबैभन्दा ठुलो चाडको रुपमा लिइने विजया दशमीमा सरकारले सबैभन्दा धेरै समय विदा दिदै आएको छ ।

सप्तमी तिथि देखि दिइएको विदा विजयादशमीको द्धादशी तिथी सम्म जारी रहनेछ । विदाको अन्तिम दिन हिजो कपिलवस्तुका सरकारी कार्यालयमा त्यति बढी चहलपहल देखिएन ।

जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरु कार्यालय अनुपस्थित भएको भेटिएको छ । टाढा टाढा घरभएका कर्मचारीहरु केहि दिन पहिला देखि नै विदामा बसेका थिए ।

यद्यपि अधिकांश सरकारी कार्यालय विदा भएपनि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका कार्यालय, भन्सार कार्यालयका काम भने आंशिक रुपमा खुल्ला रहनेछन ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  २ : ४६ बजे