१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाणगंगा- ८ ले पनि मदिरा बेचविखनमा कडाई गर्यो



मायादेवी अनलाइन, बोडगाउँ ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ८ ले बेलुकी ५ बजेदेखि राति ८ बजेसम्म मदिरा सेवन तथा बिक्रिमा रोक लगाएको छ । वडाको हालै सम्पन्न बैठकले रातिको समयमा मदिराको सेवन तथा विक्रि वितरणले समाजमा आपराधिक क्रियाकलाप सृजना गर्न र चाडपर्व नजिकिँदै गर्दा समुदायमा शान्ति सद्भावमा खलल गर्न सक्ने भन्दै सो समयमा मदिराको सेवन तथा विक्रिवितरणमा रोक लगाएको हो ।
सो निर्णय पछि अब उक्त वडामा १८ बर्षभन्दा कम उमेरका बालबालिकाले मदिरा खरिद विक्रि गरेको पाइए, कुनै नशालु पदार्थको कारोबार गर्न पाउने छैनन् । यदि वडाको निर्देशन अवज्ञा गरेको पाइए जो कोहीलाई वडाका सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने वडाध्यक्ष गुणनिधि भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ३ : ४४ बजे