१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका एसपी तानिए, कार्य सम्पादन राम्रो नभएको ठहर



कपिलवस्तु ।
गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोज यादबलाई हटाएको छ । कार्य सम्पादन राम्रो नभएको र तस्करीको लाइन खोलेको खुलेपछि उनलाई हटाइएको हो ।

गृहले उनलाई हटाएर कपिलवस्तुमा एसपी अच्युतम पुडासैनीलाई पठाएको छ । त्यस्तै बारामा सिआइबीमा कार्यरत एसपी सानुराम भट्टराईलाई पठाइएको छ । बारामा कार्यरत एसपी मिरा चौधरी यून मिसनमा जाने भएपछि भट्टराईलाई पठाइएको हो ।

त्यस्तै जिप्रका झापाका डिएसपी जितेन्द्र बस्नेतलाई प्रदेश नम्बर ३ ट्राफिक कार्यालयमा सरुवा गरिएको छ भने डिएसपी महेन्द्र श्रेष्ठलाई झापामा काज सरुवा गरिएको छ । –दृष्टि अनलाइनबाट

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ६ : ४० बजे