५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ए.बी. अटो बैरियामा ग्राहकको चाप, दशै तिहारमा पाँच सय बाइक विक्री गर्ने लक्ष्य



मायादेवी अनलाइन, कपिलवस्तु ।
नयाँ सजावटका साथ कपिलवस्तु वाणगंगा बैरियामा संचालनमा रहेको ए.बी. अटो एण्ड इलेक्ट्रिकल प्रा.लि. ले होण्डा कम्पनीको मोटरसाइकल र स्कुटी धमाधाम विक्री वितरण गरिरहेको छ । दशै भित्त्रिए संगै होण्डाले धमाधम मोटरसाइकल र स्कुटिको विक्रि वितरण गरेको हो । कम्पनीले दशै तिहारमा होण्डा कम्पनीका मोटरसाइकल र स्कुटी खरिद गर्दा विशेष छुट दिएको छ । यसपाली ए.बी. अटोले ५ सय मोटरसाईकल विक्री गर्ने लक्ष्य रहेको संचालक अशोक पन्तले बताए ।

ए.बी. अटो एण्ड इलेक्ट्रिकल प्रा.लि.ले दैनिक जसो सरदर १५ देखि २० वटा मोटरसाइकल स्कुटी विक्री गर्दै आएको जनाएको छ भने विजया दशमीको अष्टमीको दिन ५० मोटरसाइकल÷स्कुटी विक्री गर्ने लक्ष्य पुरा गर्ने मायादेवी अनलाइनलाई जानकारी दिएको छ । नेपालमा होण्डा कम्पनीको ५० वर्ष पुगेको अवसरमा ग्राहकको विश्वासलाई जितेको बताउदै संचालक पन्तले भने, “आगामी दिनमा अझ मेहनत गरेर कम्पनीले ग्राहकको सन्तुष्टी पुरा गर्नेछ ।”


नयाँ मोटरसाईकल खरिदमा कम्पनीले स्क्रयाचमा १ लाख सम्मको नगद छुट र नेपाल भरी लक्की ड्र मार्फत एक जनाले ५० लाख जित्ने मौका रहेको कम्पनीले जनाएको छ साथै विभिन्न छुटहरु दिएको जनाएको छ । स्याकर र ज्योती ग्रुपले संचालन गरेको होण्डा कम्पनीले नेपालमा ५० वर्षको यात्रा पुरा गरेको छ ।

दशै तिहारको मौकामा मोटरसाइकल कम्पनीले विभिन्न आकर्षक स्कीम तथा उपहार सहितका प्याकेजहरु दिदै आएका छन् । सोही अनुसार अटो मोवाइल्स संचालकले दशै तिहारमा कम्पनीको लक्ष्य पुरा गर्न मोटरसाइकल खरिदमा विशेष छुट दिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ८ : ४० बजे