१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राती नौ बजे पछि मनोरञ्जनात्मक गतिविधि बन्द गर्न प्रशासनको आग्रह



दीपा महत, कपिलवस्तु ।
जिल्ला प्रसासन कार्यलय कपिलवस्तुले दशै तिहारको अवसरमा हुने मनोरञ्जनात्मक कार्यक्रम राती ९ बजे पछि नगर्न आग्रह गरेको छ ।
एक विज्ञप्ती निकाल्दै प्रसासन कार्यलयले राती ९ बजेपछि मनोरञ्जनात्मक गतिविधि नगर्न सर्वसाधारणमा आग्रह गरेको हो ।
साथै पटका, भुईचम्पा तथा प्रज्वलनशिल पद्धार्थ नपड्काउन र हारजितको जुवातास नखेल्न र नखेलाउन सम्पूर्ण जिल्लावासीमा आग्रह गरेको छ ।
यदि नियम विपरित कुनै पनि कार्य गरे कानुन बमोजिम कारवाही गर्नेपनि प्रसासनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  १२ : ३८ बजे