१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनताको पक्षमा काम गर्न नेकपा नेता थापाको आग्रह



सलिम अन्सारी, प्युठान ।

नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनताको हितमा काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका  छन । नेकपा प्युठानले बिजुवारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जननिर्बा्चित प्रतिनिधिहरुले  जनताको मन जित्ने गरि काम गर्न नसके एकता पनि बलियो नहुने धारणा राखे । उनले भने, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षा अनुसार काम गर्नुहोस् ।” कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक बिकासका क्षेत्रमा  स्थानिय सरकारले नया ढङ्गले नीति तथा कार्यक्रम बनाई जनताको  जीवनस्तर बदल्ने   काम गर्नुपर्ने बताए ।

जनताका काम शिरमा राखेर काम गर्न उनले गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सुझाब दिए । जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र नेकपा प्रति जनताको विश्वास बढ्ने पनि उनले बताए । ’पन्चायती शैलीमा गाउका सरकार चल्नुहुदैन’ युवा नेता थापाले भने’ स्थानीय तह देखि केन्द्र सरकारलाई जनताको पक्षमा काम गर्नुपर्नेमा युवा नेता थापाले आग्रह गरे “ सबै सरकारहरु जनता प्रती जवाफदेही भए मात्र  देशलाई समृद्ध बनाउन सकिने युवा नेता थापाको ठहर छ ।

सोही प्रसङ्गमा नेता थापाले प्युठानको खेतीयोग्य जमिन मासिदै गएकोमा चिन्ता ब्यक्त गरे । प्युठानको खेतीयोग्य जमिन मासिदा यहाँको स्वाभिमान नै अब केही रहेन। उनले भने।झिमरुक फांटमा प्लटिङ र अव्यस्थित बसोबास रोक्न नसके गम्भीर समस्या हुने भन्दै यस विषयमा स्थानीय सरकार चनाखो हुनुपर्नेमा जोड दिए।   जनतालाई सहभागी गराएर संमृध्द प्युठान बनाउन उनले जनप्रतिनिधीलाई सुझाव दिए ।

स्थानीय सरकारप्रती लक्षित गर्दै युवा नेता थापाले भने “अब समृद्धिको लागी  अरुको मुख ताक्ने बेला होइन।“ दीर्घकालीन कार्ययोजना बनाएर जबाफदेही सुशासन सहितको जनताले अनुभुती गर्ने गरि काम गरौं उनले भने । त्यस्तै विशेष अतिथि प्रदेश सभा संसद कृष्णध्वज खड्काले बिकास र समृद्धिको लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे ।

तत्कालिन एमाले र माओबादी केन्द्रको एकता पछि पार्टी संचालनमा केन्द्र देखि वडा तह सम्म ब्यबस्थापन हुन  केही समस्या देखिए पनी  समस्या समाधान हुने भएकाले कोहि नआत्तिन कार्यकर्तालाई आग्रह गरे । पुर्ब संसद एवं नेकपाका नेता नारायण प्रसाद अधिकारीले  पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गरे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदम बहादुर थापा,प्युठान नगरपालिका  नगरप्रमुख अर्जुन कुमार कक्षापती, स्वर्गद्वारी नगरपालिका नगरप्रमुख नेत्र बहादुर रोकाय, उपप्रमुख शान्ता आर्चाय,रेडक्रश सोसाइटिका जिल्ला अध्यक्ष गुमानराज पुलामी, नेपाल पत्रकार महासंघका नि.वर्तमान अध्यक्ष गिरू प्रसाद भण्डारी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि धुर्व बहादुर थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला नेता तुल्सीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको  नेकपाका जिल्ला सचिव कृष्ण अधिकारी (प्रकाश) ले संचालन गरेका थिए । कार्यक्रममा नेकपा समबद्ध नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  ४ : १५ बजे