१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुर्घटना कम गर्न सवारी रोकरै सडकमा ट्राफिक शिक्षा (फोटो फिचर)



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।

सवारी दुर्घटना न्यूनिकरणको लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । वाणगंगा ४ गजेहडामा रहेको वाणगंगा माविबाट २०५३ सालमा एसएलसी दिएका भूतपूर्व विद्यार्थीहरुले बुधबार आयोजना गरेको ट्राफिक दुर्घटना न्यूनीकरणको लागि सुरक्षित यात्रा अभियान ट्राफिक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले  दुर्घटनाबाट बच्नको लागि सबैभन्दा पहिले आफू सचेत हुनु पर्ने बताएका हुन् ।

तत्कालिन प्रधानअध्यापक एवम् कार्यक्रमका प्रमुख अतिथि नन्द किशोर शुक्लले एकले अर्कोलाई दोष थुपारेर सडक दुर्घटना कम हुन नसक्ने बताउनु भयो । उहाँले सडक र सवारीसंग सम्बन्धित सवारी धनी, चालक, प्रहरी, यात्रु र सर्वसाधारणले आफूलाई सुधार गर्न सके र ट्राफिक नियमको पालना गर्न सके सडकमा हुने घटनाहरु धेरै कम हुने बताउनु भयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतना आवश्यक रहेको बताउनु भयो । अध्यक्ष पौडेलले चालकले मदिरा सेवन नगर्ने, हतारमा नकुदाउने  र सवारीले सिट क्षमताभन्दा बढी यात्रुहरु नबोक्ने हो भने दुर्घटनामा परेर अकालमा मृत्युवरण गर्नु पर्ने स्थितिको अन्त्य हुने बताउनु भयो ।

सिद्धार्थ बजार विकास समितिका अध्यक्ष बिष्णु थापाले वाणगंगा नगर क्षेत्रमा दुर्घटना हुनुको मुख्य कारण साँघुरो सडक भएको बताउनुभयो । पछिल्लो समय सवारीको चाप बढे पनि सो अनुपातमा सडक फराकिलो हुन नसक्दा वाणगंगाको मुख्य केन्द्र जितपुर, दर्खास्त,पिपरा, गजेहडा, वैरिया लगायतका स्थानमा दुर्घटना बढेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पिपराका माधव पन्तले राज्यले गर्ने कार्य एउटा विद्यालयका केही विद्यार्थीले गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले यस्ता सचेतना मूलक कार्यक्रम हरे विद्यालयमा विद्यार्थीमाझ गर्न सके सवारी दुर्घटनाबाट हुने क्षति कम हुने बताउनुभयो ।

भूपू विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य राख्दै हरि अधिकारीले वाणगंगामा पछिल्ले समय सवारी दुर्घटना बढेपछि आफूहरुले न्यूनिकरणको लागि सो कार्यक्रम गरेको बताउनुभयो । पत्रकार महासंघका सचिव समेत रहनु भएका अधिकारीले बिशेष गरी ट्रिप्पर आतंक रोक्न्ुु पर्ने र ट्रिप्परमा अनिवार्य टाइम कार्डको व्यस्था गर्न सके यस क्षेत्रमा हुने दुर्घना कम हुने बताउनु भयो ।

वाणगंगा एस एलसी व्याच २०५३ का अध्यक्ष एवमु् व्यावसायी विनोद पन्तको अध्यक्षता, कुल बहादुर शोमैको संचालनमा सम्पन्न कार्यक्रममा वाणगंगाा नगरका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री, समाजसेवनी दोलख घिमिरे, वाणगंगा माविका प्रधानाध्यापक राम प्रसाद भण्डारी, राटरी क्लवका टोपनारायण भण्डारी, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने  लगायतको उपस्थिति रहेको थियो ।

सडक ट्राफिक शिक्षा

औपचारिक कार्यक्रम पछि कार्यक्रममा उपस्थित सबैले सवारीलाई रोकी चालक र यात्रुलाई ट्राफिक शिक्षा दिएका छन् । करिब आधाघण्टा सम्म ४ नम्बर चोकमा सवारी रोकी चालक र यात्रुलाई बेस्सरी सवारी नहाँक्न, कोचाकोच भएर सवारीमा यात्रा नगर्न, सवारी नियम कडाइका साथ पालना गर्न, क्षमताभन्दा बढी यात्रु नहिँडाल्न, निमयमि सिट बेल्ट प्रयोग गर्न सुझाइएको थियो ।

औपचारिक कार्यक्रमका प्र्रमुख अतिथि, समाजसेवी,बुद्धिजीविबी, पत्रकार, प्रहरी,भू पूपू विद्यार्थी  सबैले प्लेकार्ड बोकी सडकमा निस्केर एकएक गरी सडकमै ट्राफिक शिक्षा दिएका थिए ।

प्ले कार्डमा ट्रिप्परको लागि टाइम कार्ड लागु गर, अनिवार्य हेल मेट प्रयोग गरौँ, ट्राफिक नियमको पालना गरौँ, छिटो हिाँडे भन्न सकिन्न विस्तारै हिाँडे अवस्य पुगिन्छ, दुर्घटनाबाट बचौँ र बचाऔँ, ओभर ट्याक गर्दा होसियारी अपनाऔँ लगायतका नाराहरु उल्लेख गरिएको थियो ।

बिशेष गरी ट्रक, टिप्पर र मोटरसाइकल दुर्घटना बढी हुने भएकाले ती सवारी चालकलाई बिशेष सावधानी अपनाउन ध्यानाकर्षण गरिएको छ । कार्यक्रममा स्थानीयको पनि सहभागिता रहेको थियो ।

पछिल्लो समय यस क्षेत्रमा सवारी दुर्घटनाका घटना बढेका छन् । केहीदिन अगाडी जितपुर चोकमै  ट्रकको ठक्करबाट १० कक्षामा पढ्ने रुपन्देहीका २ जना युवकको ज्यान गएको थियो भने अन्य स्थानमा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  ५ : ०५ बजे