१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साँसद पन्थीद्धारा नेपालीहरुमा बडादशैको शुभकामना


२ कार्तिक २०७५ शुक्रबार ००:००  

2
Shares

मायादेवी अनलाइन

प्रदेश साँसद विष्णु पन्थीले नेपालीहरुको महान पर्व विजयादशीको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । कपिलवस्तुको क्षेत्रनम्बर एक (क) बाट निर्वाचित साँसद पन्थीले मायादेवी अनलाइनसंग कुराकानी गर्दै आफनो निर्वाचन क्षेत्रका वासीन्दा, कपिलवस्तुबासी र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनी तथा आमाबुवाहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले एकसाता चिन भ्रमण सकेर नेपाल फर्कने क्रममा मायादेवी अनलाइनसंग कुराकानी गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।

साँसद पन्थीले विजयादशमीले नेपालीहरुबीच सामाजिक एकता, पारिवारिक सद्भाव र आपसी भातृत्व कामय राख्दै मुलुकको आर्थिक सामाजिक विकास र समृद्धिमा टेवा पुर्याउन सवै क्षेत्रबाट जुट्नु पर्ने बताउनुभयो । एकसाता लामो चिन भ्रमणका क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचिन तिलौराकोट, कपिलवस्तु लगाएतको विकासमा आवश्यक लगानी भित्रयाउने साथै आर्थिक करिडोरको सम्भावना र अवसरका बारेमा महत्वपूर्ण छलफल भएको समेत जानकारी दिनुभयो ।

युवा नेता पन्थीले सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने अभियान सफल बनाउन निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा हेरिनुपर्ने औल्याउनुभएको छ । उहाँले देशको आर्थिक समृद्धि कृषि, पूर्वाधार विकास तथा पर्यटन लगाएतबाट गर्न सकिने प्रशस्त आधारहरु रहेको समेत जानकारी दिनुभयो ।
चिनको राजधानी बेइजिङ्गको नेपाली दुतावाससंग भेटघाट तथा औद्योगिक तथा व्यापारिक सहर संघाइमा विविध विषयमा छुट्टाछुट्टै भेटघाट भएको बताइएको छ । आश्विन २५ गते चिन भ्रमणमा निस्कनुभएका साँसद पन्थी कार्तिक २ गते स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ४ : ५९ बजे