९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

नेकपाका नेता पोख्रलद्धारा बडा दशैको शुभकामना


२ कार्तिक २०७५ शुक्रबार ००:००  

0
Shares

मायादेवी अनलाइन ।
कपिलवस्तु नेकपाका नेता झविलाल पोख्रेलले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना दिनुभएको छ । उहाँले हाम्रा साँस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउदै समाज तथा राष्ट्रको विकास र उन्नतीमा महत्वपूर्ण टेवा पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।
चाडपर्वले सवै जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सास्कृतिक पहिचान रहेका सवै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भाव सहितको समृद्धिको कामना गर्दै नेता पोख्रलले मायादेवी अनलाइनसंग सक्षिप्त कुराकानी गर्दै भन्नुभयो, समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई पुरा गर्न सवै राजनीतिक दलका नेतृत्व एकताबद्ध भएर अघी बढ्नु पर्ने बताउनुभयो ।
नेपालीहरुको महान चाडपर्वका विजयादशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा मन्त्री, सासँद, नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारणबीच कार्तिक १९ गते नेकपाको आयोजनामा जिल्लास्तरीय शुभकामना आदान प्रदान कार्यक्रम तय भएको समेत जानकारी दिनुभयो । नेता पोख्रेलको यसवर्षको दशै टिका भने नभएको जानकारी समेत दिनुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ३२ बजे