१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका जनप्रतिनिधि र नेताको दशैँ, चीन भ्रमणबाट सांसद पन्थी स्वदेश फिर्ता



मायादेवी अनलाइन ।
कपिलवस्तुका जनप्रतिनिधिहरुको दशैँ मिश्रित रुपमा सम्पन्न भएको छ । कतिपय जनप्रतिनिधि र राजनैतिक दलका नेताले दशैँ मनाए भने कतिपयले मनाएनन् ।
प्रदेश साँसद विष्णु पन्थीले चिन भ्रमणबाट स्वदेश फर्कदै दशै मनाउनु भएको छ । उहाँले बडा दशैको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । कपिलवस्तुको क्षेत्रनम्बर एक (क) बाट निर्वाचित साँसद पन्थीले मायादेवी अनलाइनसंग कुराकानी गर्दै आफनो निर्वाचन क्षेत्रका वासीन्दा, कपिलवस्तुबासी र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनी तथा आमाबुवाहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले एकसाता चिन भ्रमण सकेर नेपाल फर्कने क्रममा मायादेवी अनलाइनसंग कुराकानी गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ ।
युवा नेता पन्थीले सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने अभियान सफल बनाउन निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा हेरिनुपर्ने औल्याउनुभएको छ । उहाँले देशको आर्थिक समृद्धि कृषि, पूर्वाधार विकास तथा पर्यटन लगाएतबाट गर्न सकिने प्रशस्त आधारहरु रहेको समेत जानकारी दिनुभयो ।
साँसद पन्थीले विजयादशमीले नेपालीहरुबीच सामाजिक एकता, पारिवारिक सद्भाव र आपसी भातृत्व कामय राख्दै मुलुकको आर्थिक सामाजिक विकास र समृद्धिमा टेवा पुरयाउन सवै क्षेत्रबाट जुट्नु पर्ने बताउनुभयो । एकसाता लामो चिन भ्रमणका क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचिन तिलौराकोट, कपिलवस्तु लगाएतको विकासमा आवश्यक लगानी भित्रयाउने साथै आर्थिक करिडोरको सम्भावना र अवसरका बारेमा महत्वपूर्ण छलफल भएको समेत जानकारी दिनुभयो ।
चिनको राजधानी बेइजिङ्गको नेपाली दुतावाससंग भेटघाट तथा औद्योगिक तथा व्यापारिक सहर संघाइमा विविध विषयमा छुट्टाछुट्टै भेटघाट भएको बताइएको छ । आश्विन २५ गते चिन भ्रमणमा निस्कनुभएका साँसद पन्थी कार्तिक २ गते दशैका दिन स्वदेश फर्किनु भएको छ ।

नेकपाका नेता पोख्रलको शुभकामना
कपिलवस्तु नेकपाका नेता झविलाल पोख्रेलले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना दिनुभएको छ । उहाँले हाम्रा साँस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउदै समाज तथा राष्ट्रको विकास र उन्नतीमा महत्वपूर्ण टेवा पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।
चाडपर्वले सवै जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सास्कृतिक पहिचान रहेका सवै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भाव सहितको समृद्धिको कामना गर्दै नेता पोख्रलले मायादेवी अनलाइनसंग सक्षिप्त कुराकानी गर्दै भन्नुभयो, समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई पुरा गर्न सवै राजनीतिक दलका नेतृत्व एकताबद्ध भएर अघी बढ्नु पर्ने बताउनुभयो ।
नेपालीहरुको महान चाडपर्वका विजयादशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा मन्त्री, सासँद, नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारणबीच कार्तिक १९ गते नेकपाको आयोजनामा जिल्लास्तरीय शुभकामना आदान प्रदान कार्यक्रम तय भएको समेत जानकारी दिनुभयो । नेता पोख्रेलको यसवर्षको दशै टिका भने थिएन ।
सांसदहरुको दशैँ
कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद वृजेश कुमार गुप्ताले आफ्नै घरमा आफ्नी ६० वर्षिय आमा उर्मिला गुप्ताको हातबाट टिका ग्रहण गर्नुभएको छ । दशैको शुभसाइत विहान ९ बजेर ५१ मिनेटमा उहाँले टिका ग्रहण गर्नुभएको हो ।

यस्तै नेपाली काग्रेसका प्रतिनिधि सांसद अभिषेक प्रताप शाह, नेकपाका प्रदेश सांसद दीर्घनारायण पाण्डे, अर्जुन केसी, संघिय समाजवादी फोरमका प्रदेश सांसद सहसराम यादव लगायतले आ आफ्नो परम्परा अनुसार दशैँ मनाउनु भएको हो ।

जिल्लाका जनप्रतिनिधीको दशैँ
जिल्लाका जनप्रतिनिधीले पनि हर्षोल्लसासका साथ दशैँ मनाउनु भएको छ । कपिलवस्तुका ६ नगरपालिका नगरप्रमुख र उपप्रमुखहरुले घरका परिवारको साथमा रहेर दशैँ मनाउनु भयो । वाणगंगाा नगरका मेयर मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, बुद्धभूमि नगरपालिकाका मेयर केशवराज श्रेष्ठ, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले आफ्ना परिवार तथा मान्यजनबाट आफ्नो परम्पराअनुसार वडा दशैँ मनाउनु भयो भने कपिलवस्तु नगरपालिकाका किरण सिँहले भने दशैँ मनाउनु भएन ।
। यता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले भने यस बर्षको दशैँ मनाउनु भएन । उहाँको घरमा दुख परेकाले वडा दशैँ नमनाउनु भएको हो । यद्यपी उहाँले रेडियो मायादेवीमार्फत शुभकामना जारी गर्दै सवैको सुख शान्ति सम्बृद्धिको कामना गर्दै सबैलाई एकताको सुत्रमा बाँधिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  २ : ३८ बजे