२ असार २०८१, शनिबार | Sun Jun 16 2024

डलरको भाउ आज थोरै घट्यो



काठमाडौं ।

अमेरिकी डलरको भाउ शनिबार थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो ।

राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगो हुने गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ६ : २६ बजे