२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

यसपालि कपिलवस्तु डान्स आइडलको विजेताले स्कुटर वा मोटरसाइकल पाउने !



मायादेवी अनलाइन, वाणगंगा ।
विजया दशमी मनाए संगै कपिलवस्तु उद्योग वाणिज्य संघले दशौ कपिलवस्तु महोत्सवको कामलाई तिव्रता दिएको छ । संघको बडा दशै लगत्तै मंगलबार बसेको वैठकले दशौ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा आद्योगिक प्रदर्शनी २०७५ को तयारीलाई तिव्रता दिएको हो ।
संघको कार्यालय चारनम्बरमा सम्पन्न वैठकले विगतको समिक्षा तथा आगामी योजना बनाउदै महोत्सवका विभिन्न कामको कार्य सूची तयार गरेको छ ।
दशौ कपिलवस्तु महोत्सवलाई भब्यताका साथ आयोजना गर्न विशेष योजना बनाउने वैठकले निर्णय गरेको छ ।
जसमा महोत्सवको प्रचार प्रसार गर्दै प्रमुख प्रायोजक, प्रायोजक, सहयोगी निकायहरु संग समन्वय र सहकार्य गर्दै महोत्सवलाई आकर्षक र रचनात्मक बनाउने तयारी भइरहेको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
महोत्सवका निर्देशक रुक बहादुर भुसालले महोत्सवका आवश्यक तयारी बारे छलफल गर्दै दैनिक काम सम्पादन गरिने जानकारी दिनुभयो ।
वैठकमा महोत्सवको लागि २ सय ६० स्टलहरु बुकिङ्ग भइसकेको र अन्य ४० वटा स्टलका लागि कृषि लगाएतका विशेष आकर्षक स्टलहरुको व्यवस्थापन गरिने तयारी भएको स्टल संयोजक हुमनाथ पौडेलले बताउनुभयो ।
त्यस्तै कपिलवस्तु डान्स आइडलको तयारीलाई व्यापक बनाइएको छ । कपिलवस्तु डान्स आइडलको प्रमुख प्रायोजक तथा प्रथम पुरस्कारको लागि टिभिएस मोटरसाइकल प्रायोजन गर्ने भएको छ ।
विगतका महोत्सवमा कपिलवस्तु डान्स आइडलका विजेतालाई नगद पुरस्कार दिदै आएपनि यसवर्ष मोटरसाइकल वा स्कुटर दिने संघको तयारी छ । पुरुष विजेता भए मोटरसाइकल र महिला विजेता भए स्कुटर दिने भएपछि विगतको नगद राशी भन्दा ठुलो पुरस्कार विजेताले पाउनेछन् ।
महोत्सवका लागि आवश्यक सुरक्षा योजना समेत निर्माण गरेको सुरक्षा समितिका संयोजक रनेन्द्र सेनले बताउनुभयो । त्यस्तै बजार क्षेत्रका अधिकांश पसलहरुले मूल्यसूचि नराखेको पाइएकाले प्रत्येक पसलहरुमा मूल्यसूची टाँस गर्ने बोर्ड बनाएर वितरण गर्ने जनाएको छ । वैठकले संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेलका पिता स्वर्गीय खिमानन्द पौडेलको शोक प्रस्ताव समेत पारित गरको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ४ : ४९ बजे