२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

कांग्रेसको चियापान सर्यो, यस्तो रहेक कारण



मायादेवी अनलाइन, काठमाडौं ।
नेपाली कांग्रेसको बुधबार आज गर्ने भनिएको चियापान सरेको छ । विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठ लगायत पर्वका अवसरमा आज आयोजन गर्ने भनिएको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका लागि सरको छ । कांग्रेस नेता, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको गएको असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको हो । उहाँको निधनको तेह्रौँ दिनसम्म शोक भएकाले उहाँप्रति सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको जनाइएको छ ।
अब सो कार्यक्रम १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । मिति परिवर्तन गर्दा उत्पन्न हुने असुविधाका लागि काङ्ग्रेसले क्षमायाचना गरेको छ । कार्यक्रम हुने भनेर कांग्रेसले सबैलाई निमन्त्रणा पठाइसकेको थियो ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले विसं २०३३ मा भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएपछि वडादशैँको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना शुरु गर्नुभएको थियो । उहाँको निधन पछि पार्टी सभापति बन्नुभएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले पनि यो परम्परालाई निरन्तरता दिनुभएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  २ : १९ बजे