५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगामा सराय नाचको रौनकता (फोटो फिचर)



मायादेवी अनलाइन, वाणगंगा । 

विजयादशमीको कोजाग्रत पूर्णीमाको अवसर पारेर बुधबार बाणगंगा नगरका बिभिन्न स्थानमा भव्य सराय नाच निकालिएको छ । बैरियामा रहेको दुर्गा भगवतीको मन्दिरको आयोजनामा बुधबार भव्य सराज नाच निकालिएको हो ।

सराय नाचमा बाजागाजा, खुडा, तरबार आदि सामाग्री बोकेका व्यक्तिहरु मर्किमर्कि नाच्दै चारनम्बर सम्म आएर बजार परिक्रमा गरेका थिए । सराय जात्रामा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, बिभिन्न क्लव, संघसंस्था, आमा समुह र सामाजिक व्यक्तित्वको सहभागितामा रहेको थियो ।

यता चारनम्बर चोकमा गरिएको दुर्गापूजालाई बुधबार नै सराज जात्रा माफर्त विसर्जन गरिएको छ । चारनम्बरबाट खेलिएको सराज जात्रालाई वाणगंगा नदीमा गई विसर्जन गरिएको बताइएको छ । यस्तै बंगलामुखी मन्दीर जीतपुरमा राखिएको फूलपातीलाई पनि विसर्जन गरिएको छ । वाणगंगा नदीमा गएर फूलपाती विसर्जन गरिएको हो ।

यस्तै वाणगंगाको मोतीपुरमा पनि सराज नाच नाचिएको छ । त्यहाँ पनि बिभिन्न आमा समुह, अग्रज व्यक्तित्वहरुको सहभागिता थियो । उता अर्घाखाँचीका जुकेना, रजिया, अर्घा लगायतका स्थानमा पनि भव्य सराज जात्रा निकालिएको हाम्रा सहकर्मीले जनाएका छन ।

बैरिया मन्दीरबाट निकालिएको यस्तै थियो सराय नाच 

 

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ३० बजे