५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मोर्मीको कोइला खोलामा पक्की पूल निर्माणका लागि डिपिआर तयार



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ को मोर्मी स्थित कोइला खोलामा पक्की पूल नहुँदा स्थानीयलाई आवात जावतमा समस्या हुँदै आएको छ । वडा नं. ८ र ९ लाई जोड्ने महत्वपूर्ण स्थानमै पूल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको हो ।

यो स्थानमा काठको पूल निर्माण त भएको छ तर काठको पूर्ण जीर्ण हुँदा समस्या हुँदै आएको छ । यस्तै यस पूलको माध्यमबाट मानिसहरु आवातआवात गर्न सके पनि सवारीसाधन आवातजावत हुन नसक्दा समस्या परेको स्थानीयले बताएका छन ।

पक्की पूलको माग गर्दै आएका त्यहाँका स्थानीयको माग अब भने पूरा हुने भएको छ । यस स्थानमा पक्की पूल निर्माणका लागि डिपिआर तयार भैसकेको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभयो । डिपिआर तैयार भैसकेको भन्दै सांसद पन्थीले अबको केही महिनामा पूल निर्माणको काम शुरु हुने रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

यस्तै पूल निर्माण संगै कोइला खोलामा ड्याम निर्माण गरी पानीको भण्डारण गर्न तर्फ सबै लाग्नुपर्नेमा उहाले जोड दिनुभएको छ । पानी भण्डारण पछि सिंचाई सुविधा पुग्ने साथै माछापालनबाट पनि राम्रो आयआर्जन गर्न सकिने उहाले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ३९ बजे