५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगा सिंचाई बाँध : राजाले उद्घाटन गरे, गणतन्त्रले देखायो रामलिला ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगँगा सिंचाइ आयोजनाको बाँधक्षेत्र जिर्ण बन्दै गएको छ । २०२८ सालमा निर्माण गरिएको बाँध लामो समयसम्म मर्मत हुन नसक्दा जिर्ण बन्दै गएको हो ।
२०७२ सालमा आएको विनाशकारी बाढिका कारण सामान्य मर्मत गरिएपनि त्यसयता काम नहुँदा बाँध भत्कीने खतरा बढेको छ । बेवाबखत झाराटार्न कै लागी रंगरोदन गरिएपनि बाँधको भने खासै मर्मत भएको छैन ।
झन्डै २ करोड ३० लाखको लगानीमा निर्माण भएको बाँध पुरानो र जिर्ण भएकाले मर्मत गर्नका लागी किसानले सरकारसँग बैदौलीका किसान गुरु प्रसाद थारुले माग गरेका छन् ।
बाणगंगा सिंचाइ आयोजनाले कपिलवस्तुको राजमार्ग दक्षिण हुंदै भारतीय सीमासम्मका २ नगरपालीका १ गाउँपालीकाको झन्डै ६३ सय ५० हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । २०२८ सालमा तत्कालीन राजा विरेन्द्रको पालमा बाणगँगा नहरको निर्माण भएको थियो । राजाले उद्घाटन गरेको बाँध गणतन्त्र आईपुग्दा पनि जस्ताको त्यस्तै छ । lax

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  १ : ४१ बजे