मायादेवी अनलाइन, कपिलवस्तु ९ कार्तिक ।
कपिलवस्तुको यशोधरा गाउपालिका– १ साबिक तिर्तिखी गाबिस शनिबार पुर्ण भर्ना र बाल बिवाहमुक्त वडा घोषणा हुने भएके छ । सो वडामा रहेका बिद्यालय उमेरका सबै बालबालिकाहरु बिद्यालयको पहुचमा भएको र बालबिवाह रोकिए पछि सो बडा एकै पटक पुर्ण भर्ना र बालबिवाह मुक्त हुन लागेको हो ।
वडा कार्यालय, सेभ द चिल्ड्रेन, लिडो नेपाल नामक गैर सरकारी संस्था तथा सरोकारवाला निकायको पहलमा सो वडा पुर्ण साक्षर र बालबिवाह मुक्त हुन लागको बताईएको छ ।
१५ दिन अघि सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी सहीतको टोलीले त्यस बिषयमा स्थलगत अनुगन गरेको थियो ।
सो टोलीले सरोकारवाला संग छलफल गरे पछि सो वडालाई पुर्ण भर्ना र बालबिवाह मुक्त घोषणाका लागि सिफािरस गरेको थियो ।
घोषणा कार्यक्रमको सबै तयारी पुरा भएको लिडोकी सुनिता बेल्बासेले बताउनुभयो । घोषणा कार्यक्रम वडामा रहेको राष्ट्रिय निमाबिको प्राङ्गणमा हुने छ ।
१० कार्तिक २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया