२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

६७ औँ दधिजयन्तीको तयारी पुरा, शनिबार भव्य कार्यक्रम हुँदै



मायादेवी अनलाइन, वाणगंगा ।

६७ औँ दधि जयन्ती तथा वृहत राष्ट्रिय कवि गोष्ठि आज कपिलवस्तुमा भव्य रुपमा सम्पन्न हुँदै छ । दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा आज विहान १० बजे कार्यक्रम सुरु हुने छ ।

बाणगंगा १ बैरीयाको जेसिस भवनमा  सम्पन्न हुने दधि जयन्तीमा राष्ट्रिय स्तरका श्रष्टाहरुको बाक्लो उपस्थिति रहने छ । दधि स्मृति साहित्य समाज कपिलवस्तुका प्रमुख संरक्षक क्रषि केशव कँडेलका अनुसार कार्यक्रमको अवसरमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देशभरका प्रतिनिधि स्रष्टाहरुलाई कदर पत्रद्धारा विशेष सम्मान गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा मनिराज जोशी धनगढी, लोकनाथ बराल नवलपरासी, लोकेन्द्र बञ्जारा झापा, शान्ता अधिकारी पोख्रेल बाँके, मनोज भण्डारी चितवन, सुविन रिमाल नुवाकोट र जोशिका कँडेल कपिलवस्तुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको कँडेलले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : ३१ बजे