२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सहकारीको विकास विना देश संबृद्ध बन्दैन : सभापती न्यौपाने



दीपा महत, कपिलवस्तु ।
प्रदेश ५ का अर्थ पर्यटन तथा उद्योग विकास समितिका सभापती दधिराम न्यौपानेले सहकारीको विकास विना देश संबृद्ध बन्न नसक्ने बताउनुभएको छ । स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले ११ औ वार्षिक साधारणसभालाई सम्बेधन गर्दै न्यौपानेले सहकारीले ग्रामिणस्तरमा बैङकको काम गरेको भन्दै मुलुकले विकासको गति लिन सहकारीलाई विस्तार गर्नु पर्ने बताउनुभयो ।

प्रदेश सांसद विष्णु पंथीले हकारी देश विकासको मेरुदण्ड भएको बताउनुभयो । सहकारीले आर्थिक वर्ष २०७४÷०७५ को ५० करोडको कारोबार गरेको छ । लेखा समिती संयोजक नवदत्त घिमिरेले प्रस्तुत गर्नु भएको लेखा समितीको प्रतिवेदनअनुसार सहकारीले २ करोड ३२ लाखको आम्दानी र २ करोड १२ लाखको खर्च गरेको सहकारीका प्रबन्धक सागर घिमिरेले बताउनुभयो ।

कार्यक्रम सहकारीका अध्यक्ष देवी प्रसाद पाण्डेको अध्यक्षता र सचिव टिकाराम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रमेश पन्थीले आर्थिक र सचिव टिकाराम पौडेलले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ७ सय बढीको सहभागिता रहेको थियो सहकारीमा हाल ८ सय ३० जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ३ : ४६ बजे