२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

साना किसानको सकियो तीन दिने व्यवसायी योजना तर्जुमा गोष्ठि



बाबुराम रायमाझी, भलवाड ।
साना किसान कषि सहकारी संस्था लिमिटेड वाणगंगा ९ भलवाडको आयोजनामा संस्थाका संचालक समिति पदाधिकारी, लेखासमिति पदाधिकारी, अन्तर समूहका अगुवाहरुका लागि तीन दिने व्यवसायिक योजना तर्जुमा गोष्ठि भलवाडको सामुदायिक सभा हलमा सम्पन्न भएको छ ।
संस्थालाई अगाडी बढाउन गोष्ठिमा संस्थाको भावी रणनिति, संचालन योजना, वित्तिय योजना, वातावरण विश्लेषण जस्ता महत्वपूर्ण विषयमा साना किसान कृषि सहकारी संघ रुपन्देहीका प्रवन्धक रुम बहादुर थापा वित्तिय विश्लेषण योजना साना किसान कृषि सहकारी सालझण्डीका प्रवन्धक शिवराम थापाले प्रशिक्षण दिनु भएको थियो । भेलाले संस्थाको भावी तीन वर्षिय वित्तिय व्यवसायी कार्ययोजना तयार गरेको छ ।
। कार्यक्रम समापनमा वडाध्यक्ष ध्रुव वेल्वासेले यस्ता व्यवसायिक योजनाले संस्थालाई अगाडी काम गर्न सहज हुने भन्दै संस्थाको सफलताको शुभ कामना दिनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेको अध्यक्षता वडा न.९का वडाध्यक्ष ध्रुव वेल्वासेको प्रमुख आतिथ्यता, नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग, वडा सदस्य नुमलाल थारुको आतिथ्यता रहेको कार्यक्रम संस्थाका व्यवस्थापक मान कुमारी गिरीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  ३ : ४८ बजे