२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलबस्तुमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु



मायादेवी अनलाइन, कपिलबस्तु ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम कपिलस्तुमा पनि शुरु भएको छ । कार्यक्रम अन्र्तगत कपिलवस्तु जिल्लाका १० स्थानीय तह सँग साझेदारीमा कार्यक्रम सञ्चालनका लागी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा प्रहरी उपरिक्षक अच्युत प्रसाद पुडासैनी र सम्बन्धित स्थानिय तहका प्रमुखहरुले हस्ताक्षर गर्नुभएको छ । सुरक्षा व्यवस्थापनमा जन सहयोग अभिबृद्धि गर्ने, संगठित अपराधको सञ्जाल निश्तेज पारी नियन्त्रण गर्ने, सामुदायिक प्रहरीको अवधारणालाई बिस्तार गर्न साझेदारी गर्ने, नागरिकलाई सुरक्षा सम्बन्धि सेवामा परिचालन गर्न प्रशिक्षणको व्यवस्था गर्ने, युवा सचेतना कार्यक्रम तथा बिवाद समाधानमा बैकल्पिक उपाय पहिचान, स्थापना तथा प्रयोग गर्ने रणनितीक उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रहरी उपरिक्षक पुडासैनीले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल प्रहरी र स्थानिय तहले अबलम्बन गर्ने साझा जिम्मेबारी बारे समेत जानकारी दिईएको थियो । साझेदारी कै आधारमा नागरिकको जिउधनको सुरक्षा, सामाजिक बिकृती रोकथाम, सामुदायिक सचेतना, बिपद व्यवस्थापन, मध्यस्तता र मेलमिलाप, बातावरण संरक्षण, बिधालय सचेतनाका साथै महिला, बालबालिका र जेष्ठ नागरिकको संरक्षणमा साझा जिम्मेबारी बहन गर्न सकिने जनाईएको थियो ।

कार्यक्रमको जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले उदघाटन गरेका थिए । सो अवसरमा जिल्लाका स्थानिय तहका प्रमुख र प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधी, बिधालयका बालबालिका लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १ : १३ बजे