१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

तौलिहवाका मिठाई पसलको अनगुमन, मिठाईमा हाईड्रा नामक केमिकल प्रयोग गर्ने गरिएको भेटियो



किरणमान ब्रजाचार्य, तौलिहवा ।
तिहारलाई लक्षित गरी कपिलवस्तुमा मिठाई पसलको संयुक्त अनुगमन गरिएको छ । सो क्रममा तौलिहवा बजारमा रहेका १० मिठाई पसल, किराना र मासु पसलमा समेत अनुगमन गरिएको छ । प्रशासन कार्यालयका सहायक प्रजिअ रामेश्वर अर्यालको नेतृत्वमा संयुक्र बजार अनुगमन गरिएको थियो । टोलीमा खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका २ खाद्यय निरिक्षक, नेपाल प्रहरी, कपिलवस्तु नगरपालिकाका अब्दुल सलाम, उदोग बाणिज्य संघका उपाध्यक्ष मोहोम्मद जाहिद मुसलमान, ब्यापार संघका अध्यक्ष गोपीकृष्ण शर्मा, संचारकर्मी सहीतको टोली सहभागी थिए ।


सो क्रममा कपिलवसतुका मिठाई पसलमा स्वास्थ्यलाई गंभीर असर पर्ने हाईड्रा नामक केमिकल प्रयोग गर्ने गरिएको भेटिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बुधबार तिहार चाडलाई लक्षित गरी मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा सो फेला परेको हो । जिल्ला प्रशासन कार्यालय सहीतको संयुक्त अनुमगन टोलीले १० वटा मिठाई पसलमा रहको मिठाई पसलको निरीक्षण गरेको थियो । ‘कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गर्ने हाईड्रा नामक केमिकलले मावन स्वास्थ्यमा गंभीर असर गर्छ’ तौलिहवा अस्पतालका डाक्टर किशोर बन्जाडेले भन्नुभयो ।


सो क्रममा तौलिहवाको बहादुरगंज जाने चौराहामा रहेको गणेश जलपान भण्डारमा हाईड्रा नामक ५ सय ग्रामका २ वटा डब्बा केमिकल फेला परको सहायक प्रजिअ रामेश्वर अर्यालले बताउनुभयो । सो मिठाई पसलबाट ५ किलो दुषित मिठाइ समेत जफल गरी नष्ट गरिएको थियो ।
स्वास्थ्यकर्मी अनुसार हाईड्रा कपडा धुनका लागि प्रयोग गरिने केमिकल हो । हाईड्रालाई सेतो खाले रसभरीको चासनीलाई सफा देखाउनका लागि प्रयोग गर्ने गरिएका छन । बजारहरुमा औद्योगिक प्रयोजनका लागि बनाईएका केमिकल तथा रंग मिसाईएका मिठाईहरु बिक्री भईरहेको स्वयम ब्यापारीहरु बताउछन् । अनुगमनका क्रममा अधिकांस मिठाई पसल फोहर रहेको, मुल्य सुची समेत नहरेको, केही मिठाई पसल दर्ता बिना संचालन गरेको भेटिएको सहायक प्रजिअ अर्यालले बताउनुभयो । ‘एक पटकका लागि सुध्रिने मौका दिनेछौ त्यसोनगरे ऐन अनुसार कारबाही गर्छौ’ उहाले भन्नुभयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ११ : ४९ बजे