६ असार २०८३, शनिबार | Sun Jun 21 2026

छैठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड मंंसिर २९ गते 



काठमाडौं ।
‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको छैठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंद्वारा आयोजित विभिन्न ३२ वटा विधामा वितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार हुने समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी दिनुभयो ।
अवार्ड कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा हुने भएको छ । यस कार्यक्रममा कलाकारलाई अवार्ड वितरण गर्नुका साथै अग्रज कलाकारलाई पनि सम्मान गरिने छ । अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : ५७ बजे