८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सृष्टिलाई तेस्रो सैनामैना डान्सिङ आईडल २०७५ को उपाधि



विष्णु खत्री, सैनामैना ।
तेस्रो सैनामैना डान्सिङ आईडल २०७५ को उपाधि सृष्टि अधिकारीले जितेकी छन् । सैनामैना ३ सुनगाभा टोल निवासी सुनगाभा पब्लिक इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत सृष्टिले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै तेस्रो सैनामैना डान्सिङ आईडलको उपाधि जितेकी हुन् ।
उपाधि सँगै उनले नगद ७५ हजारका साथमा नटराजको मुर्ति,प्रमाण पत्र र गिफट् हयाम्पर प्राप्त गरेकी हुन् । सैनामैना ७ देवापार निवासी प्रभात आवसीय बोडिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत लिसा दर्लामीले द्धितीय स्थान हासिल गरिन् । उनले नगद ५० हजार सहित नटराजको मुर्ति साथमा प्रमाण पत्र प्राप्त गरिन् ।
त्यसैगरी सैनामैना वडा नं ६ निवासी बुद्ध ईङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत सौरभ पाण्डे तृतिय हुँदै नगद २५ हजार संगै नटराजको मुर्ति र प्रमाण पत्र प्राप्त गरेका हुन् ।
सैनामैना ३ निवासी पर्रोहा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययरत रोशनी भण्डारी र सैनामैना २ कालिकाचोक निवासी सुनगाभा पब्लिक इङ्लिसमा कक्षा १२ मा अध्ययनरत बिनीता थारुले चौथो र पाँचौ स्थान हासिल गर्दै क्रमश – नगद १० हजार र ५ हजार सहित प्रमाण पत्र र गिफ्ट हयाम्पर प्राप्त गरेका हुन् ।
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भईरहेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक पुस्कल शर्मा, गायिका बबिता बानिया जेरी, हरिमाया रायमाझी, बिशाल रायमाझी, रेनुका भट्टराई लगायत स्थानीय कलाकारहरुको प्रस्तति रहेको सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो ।
कार्तिक ८ गतेदेखि सुरु भएको सैनामैना औद्योगिक व्यापार मेला आइतबार समापन हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : ४३ बजे