२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

“आलोचनाको अचानोमा सरकारको सामाजिक सुरक्षा योजना”



मायादेवी अनलाइन ।
सरकारले मंगलबार देखि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । नेपालको संविधानको धारा २९६ को उपधारा ९१० बमोजिम सो योजना सार्वजनिक भएको हो । देशभरी अहिले झन्डै ३५ लाख श्रमिक रहेको भन्दै ती श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रमबाट ४ किसिमका सुविधा लिन पाउने सरकारले जनाएको छ । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना सेवामा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना र कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना पर्दछन् । यसमा पनि आश्रित परिवार सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा र वृद्धावस्था सुरक्षालाई सरकारले प्राथमिकतामा पारेको छ । यो राम्रो भए पनि यसको सामाजिक सञ्जालमा तीव्र आलोचना र व्यंग्य भएको छ ।
सोमबार काठमाडौं सहरका बिजुलीका पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरहरू टासेर अनि मंगलबार बिहान प्रमुख राष्ट्रिय दैनिकहरूमा ज्याकेट विज्ञापन गरेर ८ करोड खर्च भएपछि त्यसको चर्को आलोचना भएको छ । अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमा लेख्दै भन्नुभयो– “प्रतिपक्षले, मिडियाले, पेटिकोट समुहले–“सरकार” “सरकार हरायो, सरकार लुक्यो” जस्ता आरोप लगाएकाले हामीले हाम्रो फोटो सहरमा लगाइबक्सेका हौँ । अब सरकार प्रष्टसंग देखीएको छ । के दिन के रात । जसले सरकार खै भन्छ ? उसले बाहिर निस्केर हेर्नु । पोलपोलमा छ सरकार । नभन्दै पोलपोलमा सरकार आयो ।
यसको प्रत्युत्तरमा नेपाली कांग्रेशका नेता धनराज गुरुङ ट्विटरमा जवाफ लेख्नुहुन्छ– “विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ । प्रम ओली । प्रम ज्यू । तपाईको उक्त भनाइलाई पुष्टि गर्नकै लागि सहरका पोलपोलमा तपाईको फोटो झुण््याइसक्नु भएछ । तुइन भएका ठाउँहरुमा पनि दुई छेउमा तपाईको उक्त फोटो लगाउनु पर्यो । तुईन तर्ने जनताले तुईन तरिसकेपछि हजुरको फोटोमा फूल चढाओस् ।”
त्यस्तै ट्विटरमा पुरुषोत्तम खतिवडाले व्यंग्य गर्दै लेख्नु भएको छ–“म सिँहदरबारको भित्तामा मात्रै फोटो झुण््याउने भित्ते प्रधानमन्त्री होइन” भनेर ओलीले त्यसै लेख्नु भएको रहेनछ । यसरी विजुलीको पोलमा सबैले देख्ने गरी झुण्डिन मन रहेछ र पो छेपाराको रुप र ओलीको कुरा बुझिनसक्नु बाबै । पोलपोलमा केपी ओली । टोलटोलमा जालीझेली । खुत्रुक्कै सवृद्धि चुमुक्क नेपाली । फोटो झुण्याई सक्नु भएछ ।
यस्तै प्रधानमन्त्री ज्यू नेपाल सरकार छ भन्ने कुरा त एक दुई कक्षा पढ्दै गरेका बच्चाहरुलाई पनि थाहा छ नि तर, सुन काण्ड, निर्मला प्रकरण, वाइडवडी खरिद प्रकरणमा घोटाला र यातायातमा सिण्डिकेट पछिल्लो समयका यी चर्चित वेथिति छ भन्ने कुरा सबैलाई थाहा छ तर साना बच्चाले ठुला माछाको अनुहार देख्न पाएनन् ।
विगत लामो समयदेखि आर्थिक बिटमा पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार टोप राज शर्मा फेसबुकमा लेख्नुहुन्छ –“यस्तै यो योजना भर्खरको कल्पना भने होइन । यसको परिकल्पना १० वर्ष अघि नै गरिएको थियो भनेर एक थरीले सरकारको आलोचना सुरु गरेका छन् । १० बर्ष अघि देखि नै सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन थालेर कोषमा रकम २० अर्ब पुगेपछि सरकारले नयाँ प्रचार शैलीमा नयाँ रङ थप्ने मात्र काम गरेको भन्दै आलोचना गरेका छन् । १० बर्ष पहिलेको कुरालाई अहिले प्रधानमन्त्रीका फोटा छापेर बिजुलीका पोलमा टांग्न र पत्रिकामा ज्याकेट विज्ञापन छाप्न ८ करोड खर्च गरिएपछि सरकारको नयाँ सामाजिक सुरक्षा कार्यक्रमको आलोचना भएको हो । यसअघिका प्रधानमन्त्रीका फोटा यसरी सरकारी खर्चमा छापेर पोलपोलमा, पत्रिकाका फ्रन्ट पेजमा ज्याकेट विज्ञापनमा हेर्न पाएका थियौं ? यस्तो न राणाकालमा भएको थियो, न पञ्चायतमा भनेर संचार क्षेत्रबाटै आलोचना भएको छ । मुलुकका प्रत्येक नागरिकले स्वप्नद्रष्टा प्रधानमन्त्री ओलीका फोटासहितका यस्ता बोर्ड सातै प्रदेश, ७७ जिल्ला ७ सय ५३ स्थानीय तहका सडकका पोलपोलमा टांग्नुपर्दछ ।”
हुन पनि हो मुलुक संघीयतामा गएर अर्थकोपाटोले सकटता सिर्जना गरेको बेला त्यो अबौँ रुपैयाँको देखावटीपना चाहिँदैनथ्यो । सरकारको राम्रो कामलाई प्रचार गर्न यति तामझाम र तडकभडकता चाहिदैन । सरल र सामान्य तवरबाट प्रचार गरे पनि मात्र जनताले बुझ्दछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने गरेको पदावली हो–“सरकारले राम्रो काम गरिरहेको छ ।” यसको गतिलो प्रचार भएन । पार्टीका नेता कार्यकर्ताले सरकारले गरेका राम्रा कामको खुलेर प्रचार गर्नु पर्यो । सरकारले राम्रो काम नगरेको हुनाले पार्टीका नेता कार्यकर्ताले यसको प्रचार गर्न सक्दैनन् भन्ने लागेर पनि सरकारले मिडियालाई दुरुपयोग गरेको भनेर कतिपय विश्लेषकले आलाचना गरिरहेका छन् । नेपालको कम्युनिजममा विद्याबारिधि गरिसक्नु भएका वरिष्ठ विश्लेषक डाक्टर सुरेन्द्र केसीले यो कम्युनिष्ट सरकारको कमजोरी भएको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयोे– “सामान्य वृद्ध भत्ता दिन सक्दैनौँ भन्ने सरकारले कहाँबाट यस्तो कुरा लिएर आयो ? यो प्रोपोकाण्डा जस्तो देखिन्छ । पत्रिकाको ज्याकेट विज्ञापनमा मात्र ८ करोड खर्च भएको छ भन्ने सामाजिक संजालमा आएको छ । यिनीहरु प्रोपोकाण्डमा रमाउँछन् । यस्तो उत्ताउलो काम किन गरेको होला ? उहाँले कम्युनिष्ट सरकारले गर्न नहुने काम गरेको भनेर सरकारको आलोचना गर्नुभयो । उहाँले ८ करोड अनावश्यक खर्च गर्नुको सट्टा गरिब जनतालाई बाँडेको भए राम्रो हुने भन्दै सरकार प्रचारमुखी र हल्लामुखी भएकोमा कडा आलोचना गर्नुभयो ।
यस्तै सरकार समर्थित कतिपयले यो आवश्यक भएको भनेर सामाजिक संजालमा लेखेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहाकार बिष्णु रिमालले यसको बचाउ गरेका छन् भने अन्य ओली समर्थित नेता कार्याकर्ताले पनि सामाजिक सुरक्षा भत्ता योजनामा गरिएको प्रचारलाई आवश्यक ठानेका छन् । आलोचना समर्थन जे भए पनि जनताले चाहेको विकास र सवृद्धि हो । चाहे प्रभार गरेर चाहे गुप्त रुपमा सरकारले विकास र सवृद्धि पाउनु पर्दछ ।
जे होओस् भने जसरी कार्यान्वयनमा आए औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षामा योगदानकर्ता, दुर्घटना तथा अशक्तता भएका, वृद्धावस्थामा पुगेका व्यक्तिले सुरक्षा पाउने छन् । सरकारले प्रचार मात्र नगरेर काम गरेमा आलोचना गर्ने कम हुने थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  २ : २७ बजे